सुनचाँदीको मूल्यमा सामान्य गिरावट
बुधबार, चैत्र २३, २०७८ | १३:०७:२६
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज प्रतितोला तीन सय रुपैँयाले सुनको मूल्य घटेको छ ।
छापावाल सुनको मूल्य प्रतितोला तीन सयले घटेर ९८ हजार ५ सय रुपैँया तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार तोकिएको छ । यसको मूल्य मङ्गलबार प्रतितोला ९८ हजार ३ सय रुपैँयामा कायम गरिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैँयाले घटेर एक हजार ३३५ रुपैँया पुगेको महासङ्घले जनाएको छ ।