गोरखामा एक महिलाको शव फेला

गोरखा : गोरखामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखा सदरमुकाममा ३५ वर्षकी फूलमाया सिर्मलको शव फेला परेको जिल्ला प्रहरीले जनाएको छ।

बारीमा उनको शव फेला परेको हो। गए राति करिब २ बजेतिर घटना भएको प्रहरीको अनुमान छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनास्थल वरपर रगत देखिएको छ। तर महिलाको शरीरमा भने चोटपटक देखिएको छैन।

लक्ष्मीबजार घर भएकी सिर्मल माइती आएकी थिइन्।  उनको हत्या भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस