काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैँयाले बृद्धि भएको छ ।
छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैँयाले बढेर ९९ सय हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसको मूल्य अघिल्लो दिन ९८ हजार ५ सय रुपैँया तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला १० रुपैयाँले बढेर चाँदी आज १३ सय ४५ रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।























