भोमी अस्पतालले शनिबार बनेपा तीनधारामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

काभ्रे : जिल्लाको बनेपा नगरपालिका वडा नं १० मा सञ्चालित भोमी अस्पतालले बनेपा तीनधारा, डबली चोकमा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । अस्पतालले विश्व स्वास्थ्य दिवसको अवसरमा बनेपा नगरपालिका वडा नं ८ स्थित तीनधारा, डबली चोकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।
शिविर चैत्र २६ गते शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । शिविरमा विरिष्ठ चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गराउनुको साथै स्वास्थ्य परामर्श एवं निःशुल्क औषधी वितरण गरिने अस्पतालका प्रबन्धक सगुन कायष्थले जानकारी दिए ।
उनका अनुसार शिविरमा निःशुल्क फिजियो थेरापी परामर्श, निःशुल्क प्रेसर तथा सुगर परीक्षण, निःशुल्क औषधी वितरण, निःशुल्क इ.सि.जी परीक्षण गरिनेछ । शिविरबाट स्वास्थ्य लाभ लिनको लागि स्थानीयलाई अनुरोध गरिएको छ ।