भुम्लुका कृषकलाई व्यवसायिक मौरी पालन सम्बन्धि तीन दिने तालिम
काभ्रे : जिल्लाको भुम्लु गाउँपालिकाका कृषकलाई व्यवसायिक मौरी पालन सम्बन्धि तीन दिने तालिम प्रदान गरिएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९को वार्षिक स्विकृत कार्यक्रम अनुसार गाउँपालिकाका कृषकलाई व्यवसायिक मौरी पालनका बारे सीपमूलक तालिम प्रदान गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
तालिममा मौरी पालन बारेमा व्यवहारिक ज्ञान तथा मौरीका विभिन्न वर्गहरुका साथै रानु मौरी कोष, भाले मौरी कोष र कर्मी मौरी कोषहरुको बारेमा जानकारी गराइएको थियो ।
तालिम चैत्र २१ गतेदेखि २३ गतेसम्म ३ दिन सञ्चालन गरिएको थियो ।तालिम समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवँरले सो तालिम कृषकहरुका लागि निकै फलदायी हुने बताए ।
उनका अनुसार तालिममा सिकेको सीपहरु व्यवाहरमा लागू गरेर कृषकहरुले व्यवसायिक मौरी पालन गरेमा यसबाटै मनग्गे आम्दानी गर्न सक्नुहुनेछ । व्यवसायिक मौरी पालनले कृषकहरुको जीवनस्तरमा सुधारमा ल्याउने अध्यक्ष कुवँर विश्वस्त छन् ।