काभ्रेमा वैशाख ६ गतेदेखि कृषि गणना हुने
बिहिबार, चैत्र २४, २०७८ | १५:५२:३४
काभ्रे : जिल्लामा वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालय काभ्रेले आज पत्रकार सम्मेलन गरी काभ्रेमा वैशाख ६ गतेबाट कृषि गणना गर्न लागिएको बारे जानकारी गराएको हो ।
कृषि गणनाका लागि कार्यालयले जिल्ला स्थित सरोकारवाला पक्षसंग छलफल गरेको छ । जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ स्थानीय तह छन् । १३ वटै स्थानीय तहमा कृषि गणक खटाइने जिल्ला कृषि गणना कार्यालय काभ्रेका प्रमुख दिपक कोइरालाले जानकारी दिए ।
उनका अनुसार कृषि गणनाका लागि जिल्लामा ८६ जना गणक र २२ जना सुपरिवेक्षण खटिनेछ । सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा २२ वटा क्षेत्र र सबैभन्दा कम खानीखोला गाउँपालिका १४ वटा क्षेत्र रहेको कार्यालयले जनाएको छ ।