वडा अध्यक्ष कर्माचार्यको नेत्तृत्वमा उत्कृष्ट कार्य सम्पादन : वडालाई ट्रान्सपरेन्सीको सहयोग

काभ्रे : ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल काभ्रे शाखाले जिल्लाको धुलिखेल नगरपालिका वडा नं ४ लाई सहयोग गरेको छ । वडा अध्यक्ष रबिन्द्र कर्माचार्यको नेत्तृत्वमा उत्कृष्ट कार्य सम्पादन भएको भन्दै ट्रान्सपरेन्सीले वडा कार्यालयलाई सहयोग प्रदान गरेको हो ।
ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालको काभ्रेमा परियोजना सकिएकाले कार्यालयका सम्पूर्ण सामाग्री वडा कार्यालयलाई हस्तान्तरण गरिएको ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालको काभ्रेकी जिल्ला अधिकृत गंगा लामाले जानकारी दिइन् ।
उनका अनुसार संस्थाको परियोजना अवधिभर प्रयोग भएका सामाग्रीहरु जस्तै टेबल, कुर्सी, टेलिफोन, ल्यापटप लगायतका सामग्रीहरु जिल्लामा पारदर्शीता र जावफदेहिता ढंगबाट कार्य सम्पादन गर्दै आएको कार्यालयलाई वितरण गर्ने प्रावधान छ ।
उक्त प्रावधानको आधारमा धुलिखेल नगरपालिका वडा नं ४ लाई कार्यालयका सामग्री वितरण गरिएको हो । काभ्रे जिल्लाको १ सय ३५ वटा वडालाई मूल्याङकन गर्दा धुलिखेल नगरपालिकाको वडा नं ४ ले उत्कृष्ट कार्य सम्पादन गरेको पाइएकाले वडालाई सामग्री वितरण गरेको उनले जानकारी दिइन् ।
वडालाई छनौट गरी सामग्री उपलब्ध गराएकोमा ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल काभ्रेप्रति वडा अध्यक्ष रबिन्द्र कर्माचार्यले बताए । उक्त सामग्रीको दुरुपयोग नगर्ने, सामग्रीको सही सदुपायोग गर्ने धुलिखेल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रबिन्द्र कर्माचार्यले प्रतिबद्धता व्यक्त गरे ।