बनेपा पुलबजार क्षेत्र डुबानमा

काभ्रे : जिल्लाको बनेपा नगरपालिका स्थित पुलबजार क्षेत्र डुबानमा परेको छ । आज दिउँसोको भारी वर्षाका कारण पुलबजार क्षेत्र डुबानमा परेको हो । पुलबजार क्षेत्र डुबानका कारण अरनिको राजमार्गमा सवारी आवगमनमा समेत समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

वर्षाका कारण पुलबजार क्षेत्र डुबानमा पर्ने बनेपाबासीलाई नौलो कुरा होइन । वर्षौदेखि वर्षाको समयमा पुलबजार डुबानमा पर्दै आएको छ । डुबानका कारण बनेपाका स्थानीयले वर्षौँदेखि वर्षाको समयमा समस्या झेल्दै आएका छन् । उक्त समस्या समाधानका लागि नगरपालिकाबाट कुनै चासो नभएको स्थानीयहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस