बनेपाको तीनधारामा भोमी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
शनिबार, चैत्र २६, २०७८ | १८:३०:३०
काभ्रे : जिल्लाको बनेपा नगरपालिका वडा नं १० मा सञ्चालित भोमी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
भोमी अस्पतालको आयोजनामा आज (शनिबार) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविर बनेपा नगरपालिका वडा नं ८ स्थित तीनधारा डबली चोकमा सञ्चालन गरिएको थियो ।
शिविरबाट १ सय ५० जनाले स्वास्थ्य लाभ लिएको अस्पतालका निर्देशक सगुन कायष्थले जानकारी दिए । उनका अनुसार शिविरमा निःशुल्क फिजियो थेरापी परामर्श, निःशुल्क प्रेसर तथा सुगर परीक्षण, निःशुल्क इ.सि.जी परीक्षण गर्नुको साथै निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।