काभ्रे : जिल्लको पनौती नगरपालिकामा (भोलि)चैत्र २८ गतेबाट १२ वर्षे हरिसिद्धि जात्रा सुरु हुदैँछ । स्थानीय पर्व १२ वर्षे हरिसिद्धि जात्राको अवसरमा नगरपालिकाले नगर क्षेत्रमा चैत्र २९ गते सर्वाजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाद्वारा प्रकाशित सूचनामा प्रत्येक १२ वर्षमा पनौती बजारमा मनाईने ऐतिहासिक धार्मिक एवं संस्कृतिक महत्त्वको हरसिद्धि जात्राको अवसरमा चैत २९ गतेएक दिन नगरपालिकाको सम्पूर्ण क्षेत्रमा सार्वजनिक बिदा निर्णय भएको बारे उल्लेख गरिएको छ ।
पनौतीमा आगामी चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ। यही चैत २८ गतेदेखि २०७९ वैशाख १ गतेसम्म जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका संयोजक सुरेश सैँजूले बताए।
पनौती नगरपालिकाद्वारा जारी सूचना:-




















