सुनको मूल्य बढ्यो : प्रतितोला एक लाख नाघ्यो

काठमडौँ : नेपाली बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । आज छापावाल सुन आठ सय रुपैँयाले बढेर प्रतितोला एक लाख तीन सय रुपैँया कायाम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार पाँच सय रुपैँयामा कारोबार भएको सुन आज प्रतितोला आठ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैँया कायम भएको छ । जसको मूल्य शुक्रबार प्रतितोला रु ९९ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैँयाले बढेर एक हजार ३ सय ६५ रुपैँया पुगेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस