चट्याङ लागेर एक महिलाको मृत्यु

झापा : झापामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज अपराह्न झापाको गौरादहमा एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेको प्रहरीले जनाएको छ ।

अपराह्न १ बजेतिर घर पछाडिको बारीमा काम गर्दै गरेकी थापालाई चट्याङ लागेको थियो । हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर थापा सिकिस्त बनेकी थिइन् ।

उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय