पोखरीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

सप्तरी : सप्तरीमा पोखरीमा डुबेर एक वर्षीय बालकको मृत्यु भएको छ । राजगढ गाउँपालिका–४ मा रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बिष्णुपुर गाउँपालिका–२२ सिमराहाका ईन्द्र देव यादवका ८ वर्षीय छोरा देव राज यादव मामाघर राजगढ–४ गएका बेला नुहाउने क्रममा डुबेर घाइते भएका थिए । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बालकको शवको पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस