काभ्रे : स्थानीय पर्व बिस्केट जात्राको अवसरमा धुलिखेल नगरपालिकाले चैत्र ३० गते सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नगर क्षेत्रमा चैत्र ३० गते सार्वजनिक बिदा दिने बारे जानकारी गराएको छ ।
नगरपालिकाले प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘स्थानीय पर्व बिस्केट जात्रा पर्वको दिन चैत्र ३० गते धुलिखेल नगरको कार्यपालिकाको कार्यालय मातहातका वडा कार्यालय एवं स्वास्थ्य तथा शैक्षिक संस्थाहरु बन्द रहने व्यहोरा सर्वसाधरणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।











