मोटरसाइकल दुर्घटनामा परी पाँचखालकी चार महिने शिशुको मृत्यु
मंगलबार, चैत्र २९, २०७८ | १३:३१:०८
काभ्रे : मोटरसाइकल दुर्घंटनामा परी चार महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । साँगाबाट जगातीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२९०२१ प ६७६२ नं को मोटरसाइकल भक्तपुरको नलिञ्चोकमा आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चार महिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा काभ्रे पाँचखाल नगरपालिका वडा नं.१ का बुद्ध तामाङ र सुस्मिता तामाङकी चार महिनाकी छोरी लोसाङ डोल्मा रहेको प्रहरीले जनाएको छ ।
घाइते शिशुलाई सिद्धि स्मृति अस्पताल प्राथमिक उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएको बुद्ध र सुस्मिता उपचार पछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।