
सर्लाही : सर्लाहीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । सर्लाहीको मलंगवा नगरपालिका–९ निवासी ३६ बर्षीय अवधेश साहको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
साहलाई आफ्नै घरमा मोटर जडान गरेको पानी तान्ने ह्यान्ड पाइप चलाउने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याए लगतै डाक्टरले मृत घोषणा गरेका थिए। साहको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको जनाइएको छ।