धुलिखेल-३को वडा अध्यक्षमा नेकपा (एस)बाट पोखरेल सर्वसम्मत सिफारिस

काभ्रे : आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी चयनका दलका नेताहरु यति बेला व्यस्त भएका छन् । त्यस्तै काभ्रेमा पनि ठूला तथा साना दलहरु उम्मेदवारी चयनमा व्यस्त भएका छन् ।

जिल्लाको धुलिखेल नगरपालिका वडा नं ३ मा वडा अध्यक्षका लागि नेकपा (एकीकृत समाजवादी) आनन्द पोखरेललाई सिफारिस गरेको छ । राजनितिक , सामाजिक एवं विकास निमार्ण कार्य सक्रिय रहेका पोखरेलले वडाको कुशल नेत्तृत्व गर्न सक्षम भएकाले पनि नेकपा (एस)ले उनलाई सर्वसम्मत सिफारिस गरेको पार्टि निकट जानकारहरु बताउँछन् ।

नेकपा (एस) धुलिखेल नगरपालिका वडा नं ३ का वडा कमिटि अध्यक्ष समेत रहेका पोखरेलले वडाको विकासका लागि एजेण्डासमेत बनाएका छन् । वडा अध्यक्षलाई पोखरेल सर्वसम्मत सिफारिस भएसँगै नेकपा (एस)ले सिंगो वडाका सदस्यमा उम्मेदवार टुङ्गो लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस