रौतहटमा ३ लाख घूससहित विद्यालयका प्रधानाध्यापक पक्राउ

रौतहट : रौतहटमा ३ लाख घूससहित विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको श्री बिश्‍वेश्‍वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहाका प्रधानाध्यापक राकेश कुमार ठाकुर रहेका छन् ।

करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घूस माग गरिरहेको भन्‍ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस