बोलेरो दुर्घटना हुदाँ दुई प्रहरीको मृत्यु

ओखलढुंगा : ओलखढुंगाको हर्कपुरमा बोलेरो दुर्घटना हुदाँ दुई जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान मनिक राजवंशी र भूपेन्द्र कार्की रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी सुकदेव खनालले जानकारी दिए ।

उनका अनुसार हतियार मर्मतका गर्न बा.१७ च १०९४ नम्बरको बोलेरोमा ८ जना प्रहरी विराटनगर जाँदै थिए । हाइड्रोपावरको स्वामित्वको रहेको सो बोलेरोमा एकजना सर्वसाधारण चढेका थिए । दुर्घटनामा घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्दार गरेर अस्पताल पठाउने तयारी भइरहेको डिएसपी खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस