बिहिबार, माघ २९, २०८२
आजबाट नयाँ वर्ष २०७९ सुरु

काभ्रे : आजबाट नयाँ वर्षको सुरु भएको छ ।आजदेखि विक्रम सम्वत २०७९ काे प्रारम्भ भएकाे छ । नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ । औपचारिक र अनौपचारिकरूपमा शुभकामना आदानप्रदान गर्ने तथा सामाजिक सञ्जालमा शुभकामनाका शब्दहरू राख्ने काम दिनभरि नै भइरहन्छ ।

सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनि गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ ।

नेपाली नयाँ वर्ष २०७९ को शुभ अवसरमा  बेथानचोक खबरको तर्फबाट सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

सिफारिस

ताजा समाचार

लोकप्रिय