शुक्रबार, बैशाख ०४, २०८३
सुनको मूल्य आज पाँच सय रुपैँयाले बढ्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य पाँच सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैँयाले बढेर १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बुधबार सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूलय प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । बुधबार १ हजार ४ सयमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ४ सय १५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय