सीवाईसी नेपाल लघुवित्तको आईपीओ खुल्ला

काठमाडौँ : सीवाईसी नेपाल लघुवित्तको आईपीओ खुल्ला गरेको छ । आज शुक्रबारबाट सीवाईसी नेपाल लघुवित्तको आईपीओ खुल्ला गरेको हो । कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएछि बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ सर्वसाधारणलाई बाँडफाँट गर्नेछ ।

राष्ट्रियस्तरको यस लघुवित्तको प्रधान कार्यालय बागलुङमा छ । वैशाख ६ गतेसम्म यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनबाट सीडीएससीको ‘मेरो सेयर’ प्रयोग गरेर आवेदन दिन सकिने कम्पनीले सार्वनजिक सूचनामार्फत जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस