चलचित्रकर्मी तथा संगीतकर्मी राष्ट्रपतिद्वारा विभूषित

काठमाडौं : नेपाली चलचित्र, गीत संगीत तथा कला क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्ति नयाँ वर्षको अवसरमा बिहीबार नेपाल सरकारबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई शीतल निवासमा एक समारोहबीच विभिन्न पदक तथा मानपदवीबाट विभूषित गरेका हुन् ।

सो समारोहमा अग्रज संगीतकार शम्भुजीत बासकोटा नेपाली संगीतमा गौरवमय योगदान पु¥याएको भन्दै सुकृतिमय राष्ट्रदीप तृतीय पदकबाट विभूषित भएका छन् । बासकोटासहित सोही समारोहमा गीतसंगीत क्षेत्रबाट विभिन्न विभिन्न व्यक्ति विभूषित भएका छन् । जसअन्तर्गत प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदकद्वारा गायिका देविका वन्दना, लोक गायक चन्द्र शर्मा विभूषित भएका छन् ।

सोही समारोहमा लोकदोहोरी गायन क्षेत्रबाटै गायिका राधिका हमाल, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायक प्रकाश सपूत गीतकार कस्तुप पन्त पनि प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।

यसैगरी, सो समारोहमा चलचित्र क्षेत्रका विभिन्न व्यक्ति पनि विभूषित भएका छन् । जसअन्तर्गत अभिनेता तथा चलचित्र निर्देशक रमेश बुढाथोकी, अभिनेत्री गौरी मल्ल, निर्माता निर्देशक तथा अभिनेता नवल खडका, अभिनेता हेमन्त बुढाथोकी, अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौला प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदकद्वारा विभूषित भएका छन् ।

यस्तै, चलचित्र क्षेत्रबाटै अभिनेता अनमोल केसी, अभिनेत्री केकी अधिकारी राष्ट्रपतिबाट जनसेवाश्री पञ्चम श्रेणीको पदकबाट समारोहमा विभूषित भएका छन् । सोही समारोहमा निर्माता तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, चलचित्र निर्माता तथा निर्देशक मिलन चाम्स, कलाकार शिवशंकर रिजाल पनि राष्ट्रपतिबाट जनसेवाश्री पञ्चम श्रेणीको पदकबाट विभूषित भएका छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस