राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट सुरु

काठमाडौं : एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम आज शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ । काठमाडौँको दशरथ रंगशालामा आज शुक्रबारबाट छनौटको लागि प्रशिक्षण सुरु भएको हो ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । पहिलो दिन २३ खेलाडी प्रशिक्षणमा आएको अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ । कप्तान किरण चेम्जोङ र देवेन्द्र तामाङ उपस्थित नभएको एन्फाले जनाएको छ ।
छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहकोछनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।