मंगलबार, माघ २७, २०८२
‘पाँचखाललाई बैकल्पीक सहर बनाइने’ : मन्त्री झाँक्री

काभ्रे : सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले जिल्लाको पाँचखाल नगरपालिकालाई बैकल्पीक सहर बनाउने लक्ष्यका साथ अगाडी बढेको बताइन् ।

आज (शुक्रबार) पाँचखालमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को पाँचखाल नगर स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पाँचखाललाई बैकल्पीक सहर बनाउनका लागि करिब दुई अर्बको लगानी गरिने बताइन् ।

उनका अनुसार नगरपालिकाको विकास निर्माणको लागि ५० करोड उपलब्ध गराई सकेको आगामी दिनमा दुई अर्ब बजेटको व्यवस्था गर्दैर्छौ । सहरी विकास मन्त्रालय मार्फत उपलब्ध गराउने करिब दुई अर्बको बजेटले पाँचखालको विकास निर्माणमा ठूलो टेवा पुग्ने उनले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री झाँक्रीले पाँचखालको बिकास निर्माण गर्दा कुन ठाउमा के कस्तो ढंगको विकास निर्माणको कार्य गर्ने भन्ने विषयमा गुरुयोजना तयार गर्नुपर्ने उनको भनाई थियो ।

ओली नेतृत्वको सरकारले ४२ महिना सरकार चलाउंदा पाँचखालको विकास निर्माणको लागि धेरै आश्वासनहरु बाँडेपनि वजेट व्यवस्था नगरेकोमा प्रदेश सांसद लक्ष्मण लम्सालको सझावको आधारमा बजेट व्यवस्था गरेको बताए । उनका अनुसार राजनैतिक स्थिरता साथै मुलुकको हितको लागि संयुक्त घोषणा पत्र जारी गर्दै गठबन्धन गरी अगाडी बढ्नेछ ।

नेपाल कम्युनिष्ट पार्टी .(किकृत समाजवादी) का पाँचखालका अध्यक्ष रविन्द्र सिपखानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेस साँसद लक्ष्मण लम्साल,संविधानसभा सदस्य बिदुर सापकोटा, पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल लगाएतले आगामी निर्वाचनमा पार्टीले खेल्नु पर्ने भूमिकाको बारेमा आफ्नो विचार राखेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय