धुलिखेल–४ को अध्यक्षका लागि काँग्रेसका अब्बल उम्मेदवार रबिन्द्र कर्माचार्य

काभ्रे : स्थानीय तहको निवार्चन २०७९ नजिकिएसँगै जिल्लामा यतिबेला चुनावी सगर्मी बढेको छ । त्यस्तै जिल्लाको धुलिखेल नगरपालिका वडा नं ४ मा नेपाली काँग्रेसबाट रबिन्द्र कर्माचार्यले वडा अध्यक्षका लागि पुनःउम्मेदवारी दाबी गरेसँगै राजनितिक माहोल तातिएको छ ।

कर्माचार्यको नेत्तृत्वमा बितेको ५ वर्षमा वडाको विकासमा उल्लेखनिय कामहरु भएकाले पनि सो वडामा उनले उम्मेद्वारी पाउने सम्भावना बढेको पार्टी निकटका जानकारहरु बताउँछन् । वडामा बाटो, घाटो, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार विकासका लागि कर्माचार्यले कुशल नेत्तृत्व गरेको विश्लेषण गरिएको छ ।

हरेक विपदमा जनताको घरदैलोमा पुग्नुको साथै कोरोना महामारीकोे समयमा ‘मामका लागि काम’, संक्रमितहरुको स्वास्थ्य उपचार, लगायत जनताका हरेक दुःखमा साथ दिन अग्रसर भएकाले पनि कर्माचार्यले पुनःअध्यक्षको टिकट पाउने जानकारहरुले बताएका छन् ।

दुई दशकदेखि राजनितिक एवं सामाजिक क्षेत्रमा सक्रिय रहेका कर्माचार्यले वडालाई सम्बृद्ध बनाउने एजेण्डाका साथ वडाको विकासको लागि वडा अध्यक्षको लागि पुनःउम्मेदवारी दाबी गरेका छन् । कर्माचायसँर्ग वडाको कुशल नेत्तृत्व गर्न सक्ने क्षमता भएकाले पनि उनले अध्यक्षको टिकट पाउने सम्भावना उच्च रहेको जानकारहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस