बिहिबार, बैशाख १०, २०८३
जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बर्दिया :  १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका-४ घर भएका २५ वर्षीय  गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय