धुलिखेलमा प्रमुख र उपप्रमुखको लागि नेकपा (एस)द्वारा सर्वसम्मत उम्मेदवार सिफारिस

काभ्रे : स्थानीय तहको निर्वाचनको लागि जिल्लामा उम्मेद्वार चयनका लागि दलका शिर्ष नेताहरु व्यस्त भएका छन् । जिल्लाको धुलिखेल नगरपालिकामा नेकपा एकीकृत समाजवादी (एस)ले प्रमुख र उपप्रमुखको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुखमा नगरकमिटी अध्यक्ष दया सागर श्रेष्ठ र उपप्रमुखमा नगरकमिटी उपाध्यक्ष संचिता लामालाई सिफारिस गरेको हो । आज बसेको नगर कमिटी बैठकले नगर प्रमुखमा श्रेष्ठ र उप–प्रमुखमा लामालाई सिफारिस गरेको नगर कमिटी सचिब यादव कोइरालाले जानकारी दिए ।

उनका अनुसार बैठकले निर्वाचन प्रचारप्रसार कमिटी पनि गठन गरेको छ । सचिव कोइरालाको संयोजत्कवमा ५०१ सदस्य रहेको नगरस्तरीय निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस