मण्डनदेउपुरमा प्रमुखका लागि नेकपा (एस)बाट ३ जनाको नाम सिरफारिस

काभ्रे : जिल्लाको मण्डनदेउपुर नगरपालिकामा स्थानीय तहको निर्वाचनको लागि नेकपा एकीकृत समाजवादी (एस)ले उम्मेदवार छनौट कार्यलाई तिब्रता दिएको छ । मण्डनदेउपुर नगरपालिका नेकपा एसको जिल्लामा सबैभन्दा राम्रो जनमत भएको नगरपालिका हो । त्यसकारण पनि यहाँ नकेपा (एस)बाट नगरप्रमुखको आकांक्षी धेरै देखिएका छन् ।
मण्डनदेउपुरमा नगरप्रमुखका लागि बाहालवाला नगरप्रमुख टोक बहादुर वाइबा, प्रदेश कमिटी सदस्य राम हरि नेपाल र नगर कमिटी अध्यक्ष गोकुल गौतमको नाम सिफारिस गरिएको छ । त्यस्तै उप–प्रमुखका लागि नगरमा आकांक्षी धेरै देखिएका छन् । नेकपा (एस)बाट उपप्रमुखमा सारदा बजगाई, सावित्री जमरकट्टेल र पवित्रा नेपालको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष गोकुल गौतमले जानकारी दिए ।
उनका अनुसार सर्वसम्मत हुन नसकेपछि प्रमुख र उपप्रमुखमा ६ जनाको नाम सिफारिस गरिएको हो । सिफारिस भएको नाम नेकपा एसको प्रदेश कमिटीले टुंगो लगाउनेछ ।