बाँस्कोटा खोले ७० करोडको पोल : ‘७० करोड मात्र होइन, ७० अर्ब हान्दिएको हो’

काभ्रे : सेक्युरिटी प्रिण्टिङ प्रेस खरिदको विषयलाई लिएर बार्गेनिङ गरेको विषय अडियो सार्वजनिक भएपछि विवादित बनेका एमाले नेता एवं पोलिट ब्युरो सदस्य गोकुल बाँस्कोटाले सो विषयको चर्चा आफैले गरेका छन् ।

७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट बर्खास्तीमा परेका बाँस्कोटाले ७० करोड नभई अर्बौ रुपैँया हान्दिएको सार्वजनिक रुपमै बोलेका छन्।

शनिबार काठमाडौँ एमाले तेमाल–काठमाण्डौ सम्पर्क मञ्चले आयोजना बृहत भेला कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बाँस्कोटाले भने, ‘तपाईंहरु सुन्नुहुन्छ ७० करोड, ७० करोड मात्र होइन, ७० अर्ब हान्दिएको हो के फरक पर्छ हाम्लाई परियोजनाको लागि । व्यक्तिगत हो ? निजी खाइदिएको छ ? निजी खाइदिएको भए यिनको परमादेशी, यिनको अदालत जम्मै भएको बेलामा बाटोमा हिँड्न नदिएर समातेर कुटेर, घोचेर कोर्रा हानेर छोड्थे ।’

बाँस्कोटाको यो भनाईले उनीमाथिको आरोपलाई बल पुगेको छ । ७० करोड कमिसन मागेको आरोपकै कारण बाँस्कोटाले मन्त्री पद गुमाएका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय