सोमबार, बैशाख ०७, २०८३
बनेपामा मेयरका लागि सुरकृष्णको चर्चा

काभ्रे : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरू उम्मेदवार चयनमा व्यस्त हुन थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा पनि प्रमुख दलहरू उम्मेदवार चयन लगायत चुनाव केन्द्रित गतिविधिमा जुटेका छन् त्यस्तै काभ्रेमा पनि कहाँ कसले कुन पार्टीबाट उम्मेदवारी दिने भन्ने विषयमा राजनितिक चहलपहल सुरु भइसकेको छ ।

धेरैको चासोको क्षेत्र भएको बनेपा नगरपालिकामा क–कसले उम्मेदवारीको दाबी गर्लान् भन्नेमा धेरैको जिज्ञासा भएको देखिन्छ । बनेपा नगरपालिकामा यति बेला कुनै पनि पार्टीले मेयरको टुगो लगाउन सकेको छैन् । नेपाली काँग्रेसभित्र पनि धेरैको आकाक्षी रहेका कारण काँग्रेसले पनि बनेपा नगरमा मेयरको टुगो लगाउन सकेको छैन भने एमाले पनि काँग्रेसबाट उम्मेदवार आउछ अनि निर्णय गर्ने भनी हेर र पर्ख रहेकाले यति बेला मेयरको निर्णय हुन सकेको छैन् । काँग्रेसबाट अब्बल उम्मेदवार सुरकृष्ण वैद्य आउने चर्चा भई रहदा एमाले समेत हचकिएको छ ।

बनेपामा मेयरका लागि काग्रेस बाट १६ जना आकांक्षी रहेकाले ति मध्ये सुरकृष्ण वैद्यको टिकट आउने सम्भावना रहेको कारण बनेपा नगरका बासिन्दा खुशी भएका छन् । बनेपामा एउटा छुट्टै पहिचान बनाएका बैद्य करिब दुई दशकदेखि राजनितिक क्षेत्रमा सक्रिय रहेका छन् ।

काभ्रे उद्योग वाणिज्य संघको महासचिव हुदै अध्यक्ष भई समग्र उद्योग व्यवसायीको हक गर्दै आएका बैद्य सामाजिक क्षेत्रमा पनि अग्रसर छन् । राजनितिक एवं व्यवसयिक क्षेत्रमा मात्र नभइ बैद्यले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्यहरु गर्दै आएका छन् । भूकम्पदेखि कोरोना महामारीको समयमा बैद्यले सामाजिक उत्तरदायि भूमिका निर्वाह गर्दै छन् ।

उनको यीनै विशेषता र कार्य विश्लेषणको आधारमा बनेपामा मेयरको टिकट पाउने सम्भावना उच्च रहेको स्रोतले जनाएको छ । बैद्यले बनेपा नगरपालिकामा मेयरको टिकट पाएमा उनको जित सुनिश्चत भएको पार्टी निकट जानकारहरु बताउँछन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय