बिहिबार, माघ २९, २०८२
श्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँ सहित एक युवक पक्राउ

मोरङ : बिराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर  ढाटबाट श्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँ सहित भारत आम्दाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नरेश कुमारलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय