पनौतीका अविवाहित महिलालाई सामाजिक सुरुक्षा वितरण

काभ्रे : जिल्लाको पनौती नगरपालिकाले नगरका अविवाहित महिलालाई सामाजिक सुरुक्षा वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ बाट कार्यविधि नै बनाएर विशेष सामाजिक सुरक्षा वितरण थालेको थियो ।

जस अन्तर्गत ३५ वर्ष उमेर पूरा भई ६० वर्षसम्मका अविवाहित महिला, सम्बन्ध विच्छेद भएका र १५ वर्षदेखि श्रीमान् वेपत्ता भएका महिलाहरूलाई मासिक १५ सय रुपैयाँ भत्ता नगरपालिकाले दिँदै आएको छ ।

हालसम्म १ सय ४९ जना अविवाहित महिलाले मासिक रूपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । यस्तै २० जना सम्बन्ध विच्छेद भएका महिला र पति बेपत्ता भएका २४ महिलालाई सामाजिक सुरक्षा भत्ता दिँदै आइएको नगरपालिकाले जनाएको छ ।

उनीहरूलाई औषधि उपचार गर्न तथा दैनिकी चलाउन थोरै भए पनि सहयोग पुगोस् भनेर सुरु गरिएको कार्यक्रम प्रभावकारी भन्दै गएको उप–प्रमुख गीता बञ्जाराले बताइन् । उनका अनुसार  हालसम्म १ सय ९३ जना महिलालाई विशेष सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस