धुलिखेल–७ को वडा अध्यक्षमा नेकपा एमालेबाट खोजु सर्वसम्मत चयन

काभ्रे : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काभ्रेका प्रमुख दलहरु उम्मेदवारी चयनका दलका नेताहरु यति बेला व्यस्त भएका छन् । त्यस्तै जिल्लाको धुलिखेल नगरपालिका वडा नं ७ को वडा अध्यक्षमा नेकपा एमालेबाट अमित खोजु सर्वसम्मत चयन भएका छन् ।

धुलिखेल नगरपालिकाको वडा नं ७ का वडा सदस्य एवं नेकपा एमाले नगर कमिटी सचिवालय सदस्य समेत रहेका खोजु राजनितिक क्षेत्रमा एक दशकदेखि सक्रिय छन् ।
राजनितिकसँगै सामाजिक एवं खेलकुदका क्षेत्रमा पनि उल्लेखीय भूमिका निर्वाह गर्दै आएका खोजु धुलिखेलमा सबैको मनमुटुमा बस्न सफल भएका छन् ।

सामाजिक एवं विकास निमार्ण कार्य सक्रिय रहेका खोजुले वडाको कुशल नेत्तृत्व गर्न सक्षम भएकाले पनि नेकपा एमालेले उनलाई सर्वसम्मत सिफारिस गरेको पार्टि निकट जानकारहरु बताउँछन् ।

वडाको सम्मुनत विकास र सम्बृद्धिका लागि अमित खोजु विकासी एजेण्डा सहित नेकपा एमालेबाट धुलिखेल नगरपालिका वडा नं ७मा वडा अध्यक्षमा चुनावी मैदानमा उत्रिएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय