काभ्रे : जिल्ला महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गरेका छन् ।
अध्यक्ष जिम्बाले प्रयोग गर्दै आएको बा २ झ ३७८६ नम्बरको बोलेरो गाडी फिर्ता गरेका हुन् । उनले गाडीको चाबी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुजन लामिछानेलाई हस्तान्तरण गरेका छन् ।
स्थानीय तहको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेको उनले बताए । चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधनको अधिकतम प्रयोग भएको पाइन्छ ।
सरकारी सवारीलाई दुरुपयोग हुनबाट बचाउँन आफूले यस्तो कदम चालेको अध्यक्ष जिम्बाले बताए । पार्टीले टिकट दिए फेरी चुनाव लड्ने योजना अध्यक्ष जिम्बाले बनाएका छन् । चुनावी प्रचार–प्रसारमा आफूले निजी सवारी साधान प्रयोग गर्ने समेत प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।



















