बिहिबार, बैशाख १०, २०८३
बैकिंङ कसूर मुद्धामा फरार रहेका धुलिखेलका थापा पक्राउ

काभ्रे : बैकिंङ कसूर मुद्धामा फरार रहेका काभ्रे जिल्लाका एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नं ४ का ३२ वर्षीय भिमसेन थापा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार बैकिंङ कसूर मुद्धामा थापालाई उच्च अदालत पाटनले २०७८ असोज ८ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका थापालाई बैशाख ५ गते धुलिखेल नगरपालिका वडा नं ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका थापालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेमा पेश गरिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय