धुलिखेलमा नेकपा एमालेबाट प्रमुखमा ४ र उप–प्रमुखमा ३ जनाको नाम सिफारिस

काभ्रे :  स्थानीय तहको निर्वाचन २०७९को लागि जिल्लाका शिर्ष दलका नेताहरु उम्मेदवार चयनमा व्यस्त छन् । चुनावी सन्दर्भमा जिल्लाको धुलिखेल नगरपालिका सबैको चासोको विषय बनेको छ । धुलिखेलमा कुन पार्टीबाट कसले उम्मेदवारी देलान भन्नेमा धेरैको जिज्ञासा भएको छ ।

नेकपा एमालेबाट धुलिखेल नगरपालिकामा नगर प्रमुखका ४ जना र उप–प्रमुखका लागि ३ जनाको नाम सिफरिस गरिएको छ । एमालेबाट प्रमुखका लागि वर्तमान प्रमुख अशोक ब्याञ्जु (श्रेष्ठ), वडा नं ३ का वडा अध्यक्ष बिनोद पराजुली, होमस्टेका एसोसियनका केन्द्रिय अध्यक्ष केशव बडाल र पुर्व गा अध्यक्ष उद्धव चौलागाईलाई सिफारिस गरेका छन् ।

त्यस्तै स्थानीय तहको निर्वाचनका लागि धुलिखेलमा उप–प्रमुखका लागि वर्तमान उप–प्रमुख बिमला शर्मा चौलागाई, नेतृ लालतारा अधिकारी र नेतृ कमला काफ्लेलाई सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस