धुलिखेल–३ मा नेकपा एमालेबाट वडा अध्यक्ष र वडा सदस्य सर्वसम्मत चयन
काभ्रे : स्थानीय तहको निर्वाचनको लागि जिल्लामा चुनावी गतिविधि तिब्र रुपमा अघि बढेको छ । राजनितिक दलहरु नगर तथा वडा केन्द्रित कार्यक्रमहरु र उम्मेदवारी चयनमा व्यस्त छन् ।
नेकपा एमाले धुलिखेल ३ नं वडा कमिटिले सर्वसम्मत वडा अध्यक्ष तथा वडा सदस्यका उम्मेदवारहरु चयन गरेको छ । स्थानीय तहको निर्वाचनका लागि वडा नं ३ को वडा अध्यक्षमा गणेश आर्चाय, वडा सदस्य (खुल्ला)मा सुवास अधिकारी, वडा सदस्य (खुल्ला) मा हिरा तामाङ, वडा सदस्य (महिला)मा सञ्जु तामाङ र वडा सदस्य ( दलित महिला)मा रिता बराईली सर्वसम्म चयन भएका छन् ।
आगामी बैशाख ३० गते सम्मको घरदैलो अभियानको तालिका बारेमा छलफल गर्दै तालिका बनाएको छ । वडा कमिटिका अध्यक्ष हिरा बहादुर तामाङको संयोजकत्वमा ३०१ जनाको मुल निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
निर्वाचनलाई लक्षित गर्दै वडा कमिटिले कमिटिका सचिव जिवनाथ पराजुलिको संयोजकत्वमा २१ सदस्यि प्रचार प्रसार समिति गठन गरेको छ भने सम्पूर्ण आर्थिक गतिविधि एक द्वार प्रणालीबाट गर्ने योजनाका सहित नेकपा एमाले धुलिखेलका युवा नेता सिवि तामाङको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।
नेकपा एमाले काभ्रे जिल्ला कमिटिका सचिवालय सदस्य बिनोद पराजुलीले सम्पूर्ण नेता कार्यकर्ता तथा संगठित सदस्यहरुलाई निर्वाचन केन्द्रित भएर गतिविधिहरु गर्न निर्देशन दिएका छन् ।