लेनदेन केस मिलाइ दिन्छु भन्दै सेवाग्राहीसँग घुस माग्ने प्रहरीका सइ पक्राउ

काठामाडौं : लेनदेन केस मिलाइ दिन्छु भन्दै सेवाग्राहीसँग घुस माग्ने गण्डकी प्रदेश, विपद व्यवस्थापन गुल्म, बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रुपनारायण महतो पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सई महतोलाई ३८ हजार रुपैंयाँ घुससहित पक्राउ गरेको हो ।

सई महतोले लेनदेन केस मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोली मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

सई महतोले सेवाग्राहीबाट ३८ हजार घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित विपद् व्यवस्थापन गुल्म, नजिकैबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस