नेपाली काँग्रेसबाट पनौतीको प्रमुखमा ३ र उप–प्रमुखमा ३ जनाको नाम सिफारिस

काभ्रे : स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा दलहरु उम्मेवार चयनमा जुटेका छन् । जिल्लाको पनौती नगरपालिकामा नेपाली काँग्रेसले नगर प्रमुखमा ३ र उप–प्रमुखमा ३ जनाको नाम सिफारिस गरेको छ ।

नेपाली काग्रेसको तर्फबाट १७ जना आकाक्षी रहेको पनौती नगरपालिकामा आजको नगर समितिको बैठकबाट नगर प्रमुखका लागि ३ जना र उप–प्रमुखका लागि ३ जनाको नाम नेपाली काँग्रेस जिल्ला कार्य समितिमा सिफारिस गएिको काँग्रेस पनौती नगरका सचिव नारायण सापकोटाले जानकारी दिए ।

उनका अनुसार नेपाली काँग्रेसको विधान अनुसार प्रमुखमा दुई जना पुरुष र एक महिला अनिवार्य भएकाले त्यही विधान अनरुप नगर समितिको बैठकबाट प्रमुख र उप–प्रमुखका लागि ३ /३ जनाको सर्वसम्मत सिफारिस गरिएको छ । पनौतीमा नगर प्रमुखका लागि नेपाली काँग्रेसबाट वर्तमान नगर सभापति रामशरण भण्डारी, श्री राम थापा र मिरा नेपालीलाई मेयरमा सिफारिस गरेको सापकोटाले जानकारी दिए ।

त्यस्तै उप–प्रमुखका लागि अञ्जु रन्जितकार केसी, जयन्ती हुमागाई र हिरामाया मानन्धरलाई सिफारिस गरिएको नेपाली काग्रेस पनौती नगर कार्य समितिले जनाएको छ ।नेपाली काग्रेस पनौती नगरका लागि केही वडा सर्वसम्मत वडा अध्यक्ष चयन भएको काँग्रेस पनौती नगरका सचिव सापकोटाले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म पनौती वडा नं.१ मा जय बहादुर लामा, २ मा पुष्पराज बलखे, ३ मा सुमन थापा, ६ मा सुधिर सापकोटा र १२ मा बलराम तामाङ सर्वसम्मत चयन भएका छन्। बाँकी वडामा सर्वसम्मत हुन नसकेको कारण विकल्प सहित वडाबाट सिफारिस भई आउनु भएका सबै वडा अध्यक्षका आकाक्षीको नाम आज नै प्रतिनिधि सभामा पठाईएको सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस