
ललितपुर : ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुदाँ एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आज बिहीबार बिहान अक्सिजन प्लान्ट विस्फोट हुदाँ उद्योगमा कार्यरत केही श्रमिक घाइते भएका छन् ।
अक्सिजन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार प्रहरी उद्धारमा खटिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।