बिहिबार, बैशाख १०, २०८३
शान्ति सुरक्षा पहिलो प्राथमिकता : प्रहरी निरीक्षक  थापा

काभ्रे : ईलाका क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न पहिलो प्राथमिकता दिइने ईलाका प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकका नव नियुक्त प्रहरी प्रमुख प्रहरी निरीक्षक नारायण थापाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेको प्रमुख सम्हालेका थापालाई स्वागत कार्यक्रमलाई सम्बोधन उनले उक्त इलाका क्षेत्रमा शान्ति सुरक्षामा कुनै कमी हुन नदिने बताउँदै अपराधिक क्रियाकलापलाई न्यूनिकरणका लागि पनि विशेष पहल गरिने बताए ।

प्रहरी निरीक्षक थापा प्रहरी प्रधान कार्यालय भर्ना छनोट महाशाखा, नक्सालबाट सरुवा भएर आएका हुन । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको परिपत्र अनुसार थापा चैत्र २४ गते ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेको प्रमुखमा सरुवा भएका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय