काभ्रेको १३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
काभ्रे : आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाको १३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि काभ्रेमा प्रमुख निर्वाचनको कार्यालय स्थापना गरिएको हो । १३ वटै स्थानिय तहको प्रमुख निर्वाचन कार्यालय आज काभ्रेको धुलिखेलमा स्थापना गरिएको हो ।
प्रमुख निर्वाचन कार्यालयको उद्घाटन सगै काभ्रेमा १३ वटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय आज बिहिबार स्थापना गरिएको छ । यहि बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई सम्पन्न गर्ने उदेश्यले आजबाट १३ वटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार आज बिहिबार बाट काभ्रेको १३ वटै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना सम्पन्न भएको छ । यही बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भएकाले सबै तहमा निर्वाचन अधिकृत र कर्मचारी खटाई आजबाटै नै निर्वाचन सम्बन्धी सबै काम हुने समेत प्रमुख निर्वाचन अधिकृत भट्टराईले बताए ।