पाँचखालमा काँग्रेसबाट नगर प्रमुखका लागि १० र उप–प्रमुखका लागि ८ जनाको नाम सिफारिस
काभ्रे : स्थानीय तहको निर्वाचनका लागि जिल्लामा उम्मेदवार चयन कार्य तिब्र रुपमा अघि बढेको छ । त्यस्तै जिल्लाको पाँचखाल नगरपालिकामा पनि स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार चयनका लागि दलहरु व्यस्त भएका छन् ।
पाँचखाल नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका लागि १० जना र उप–प्रमुखका लागि ८ जनाको को नाम सिफारिस गरिएको नगर कार्यसमितिले जनाएको छ । नगर कार्यसमितिको बैठकले नगर प्रमुखका लागि १० जना र उप–प्रमुखका लागि ८ जनाको नाम सिफारिस गरेको हो ।
नगर कमिटीले अहिलेका नगर प्रमुख महेश खरेलको नाम पनि सिफारिस गरेको छ। त्यस्तै, राजन कार्की, प्रल्हाद थापा, गणेश अधिकारी, कुमार लामिछाने, उमेश बानियाँ, हेमकुमार लामा, निराजन लुइँटेल, नन्दुप्रसाद दुलाल र चन्द्रमणि आचार्यको नाम मेयर पदका लागि सिफारिस गरेको छ ।
त्यस्तै उप–प्रमुखका लागि बद्रीप्रसाद खकुरेल, साबित्री लामिछाने, लक्ष्मी दनुवार, शान्ति लक्ष्मी श्रेष्ठ, सुनिता तामाङ, कुसुम दुलाल, मनकुमारी दनुवार र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरिएको छ। लक्ष्मी दनुवार अहिलेकी उप-प्रमुखसमेत हुन्।