सडक सुरक्षा र यातायात व्यवस्थापन पहिलो प्राथमिकता : प्रहरी निरीक्षक सिलवाल

काभ्रे : जिल्लामा सडक सुरक्षा कायम राख्नुको साथै यातायात व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका नव नियुक्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख सम्हालेका सिलवाललाई स्वागत कार्यक्रमलाई सम्बोधन उनले उक्त जिल्ला सडक सुरक्षामा कुनै कमी हुन नदिने बताउँदै सवारी दुर्घटनालाई न्यूनिकरणका लागि विशेष पहल गरिने बताए । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न कार्यक्रमको तय गर्ने योजना बनाएको उनले बताए ।

प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको परिपत्र अनुसार सिलवाल चैत्र २४ गते ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेको प्रमुखमा सरुवा भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस