पुनः उम्मेदवारी दिन काभ्रेका दुई जना जनप्रतिनिधिले दिए राजीनामा

काभ्रे : जिल्लाको दुई स्थानीय तहको जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिनका लागि काभ्रेका दुई जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका हुन् ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भगवान घिमिरेले र रोशी गाउँपालिका वडा नं. १२ का वडा सदस्य शंखबुद्ध लामाले जिल्लामा पहिलो पटक राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा घिमिरेले बेथानचोक गाउँपालिका र लामाले रोशी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्न राजीनामा दिएका हुन् । उनीहरु दुवैजनाले नेपाली कांग्रेसबाट उम्मेदवारी दिन लागेका हुन् ।

बिहीबार घिमिरेले गाउँपालिका कार्यालयमा उनले गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना समक्ष राजीनामापत्र बुझाएका हुन् । उम्मेदवारी दर्ता गराउनु पूर्व कानुनी राजीनामा दिनुपर्ने प्रवाधानलाई टेक्दै राजीनामा दिएको घिमिरेले बताए ।

त्यस्तै लामाले पनि रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामा (डिवी) समक्ष राजीनामा दिएका हुन् । शुक्रबार दिएको राजीनामा गाउँपालिकाका अध्यक्ष लामाले शुक्रबार नै स्वीकृत गरीएको छ । लामा र घिमिरे आ–आफ्नो गाउँपालिकाको अध्यक्षको टिकट ल्याउने दौडमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस