धुलिखेलका मेयर व्याञ्जुले चलाएकाे गाडिकाे ठक्करबाट वडाअध्यक्ष घाईते
शनिबार, बैशाख १०, २०७९ | २०:०७:५९

काभ्रे : धुलिखेल नगरपालिकाका नगर प्रमुख अशाेक कुमर व्याञ्जुले चलाएकाे गाडिकाे ठक्करबाट शंखरापुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष जीवन लामा घाईते भएका छन् ।
बनेपाबाट धुलिखेल जाँदै गरेका नगर प्रमुख व्याजुले चलाएकाे बा ७ च ६२५४ नं काे गाडिले धुलिखेलाट बनेपा जांदै गरेकाे बा २ प ६४०१ नं काे सरकारी माेटर साईकललाई धुलिखेल स्थित मिरावल चाेकमा ठक्कर दिएकाे हाे ।
ठक्करबाट घाईते वडा अध्यक्ष लामाकाे काठमाडौं मेडिकल कलेजमा उपचार भैरहेकाे छ ।
नगर प्रमुख व्याञ्जुले आफ्नाे साईड छाेडेर अर्काे साईडमा गएर ठक्कर दिएकाे स्राेतले बताए । घाईतेकाे उपचारमा धुलिखेल अस्पतालले रेस्पाेन्स नगरेकाे कारण काठमाडौं उपचारका लागि गएकाे वडा अध्यक्ष लामाले बताए ।