काभ्रेको १३ वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

काभ्रे : स्थानीय तह निर्वाचन २०७९को लागि काभ्रेको १३ वटै स्थानीय तहमा नेकपा एमालले उम्मेदवार टुंग्याएको छ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा नेकपा एमालले उम्मेदवार टुंग्याएको हो ।

नेकपा एमालेले बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा, धुलिखेलको प्रमुखमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा, पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवार, नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए ।
उनका अनुसार भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीमा जिताराम लामा र बबिता खरेल, बेथानचोकमा कमल तिमिल्सना र सरला लामिछाने, रोशीमा देवसागर लामा र बबिता बोहरा, तेमालमा इन्द्र तामाङ र सम्तेन लामा, खानीखोलामा डम्बर तिमल्सिना र रुकमणि गुरुङ र महाभारतमा पूर्णबहादुर वाइवा र शान्ती तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उम्मेदवार टुंगो लागे पनि १३ वटै स्थानीय सत्ता गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्रले पनि एमालेसँग छलफल गरेको हो । माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालले एमालेसँग गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस