काभ्रेमा सत्ता साझेदार दलको गठबन्धन : सिट बाँडफाँड गर्न दलहरुबिच सहमति

काभ्रे : बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा सत्ता साझेदार दलहरुबीच सिट बाँडफाँड गर्ने सहमति भएको छ। आज (आइतबार) बसेको सत्ताधारी दलहरुको बीचको बैठकले गठबन्धन गर्ने सहमति गरेको हो।

जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । जसमध्ये नेपाली काँग्रेसलाई ७ वटा, नेकपा एकीकृत समाजवादीलाई २ वटा र माओवादीलाई ४ वटा स्थानीय तहमा पालिका प्रमुख/अध्यक्ष पद पाउने भएको छ ।

जसअनुसार पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाको प्रमुख कांग्रेसले पाउने भएको छ । त्यस्तै जिल्लाका ७ वटा गाउँपालिकामध्ये रोशी गाउँपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिकाको अध्यक्ष पनि नेपाली कांग्रेसको भागमा परेको छ।

सहमति अनुसार नेकपा (एकीकृत समाजवादी) को भागमा मण्डनदेउपुर र धुलिखेल नगरपालिकाको प्रमुख परेको छ। त्यस्तै जिल्लाको भुम्लु, चौरीदेराली, महाभारत र खानीखोला गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले पाएको छ। त्यस्तै उपप्रमुख र उपाध्यक्षहरूको सिट बाँडफाँडको लागि भने बैठक बसिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस