राष्ट्रपतिबाट विभूषित कर्मचारी १ लाख ५० हजार रुपैँया घुससहित पक्राउ

ताप्लेजुङ : राष्ट्रपतिबाट विभूषित ताप्लेजुङका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियारले मालपोत कार्यालय ताप्लेजुङका प्रमुख लेखा अधिकृत पनेरु महतलाई १ लाख ५० हजार घुससहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले आईतबार उनलाई सेवाग्राहीबाट लिएको उक्त घुससहित नियन्त्रणमा लिएको हो । बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्ता सहित छोराका नाममा पास गरिदिए बापत सेवाग्राहीबाट घुस लिएकी थिइन् ।

उनलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको जनाइएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका ७ की एक सेवाग्राहीको अंशियारबी भागबण्डा भइसकेको जग्गा दाखिला खारेज गरि दर्ता गर्ने कामका लागि पनेरुले घुस लिएकी थिइन् ।

उनले फुङ्लिङ वडा नं, ४ को कोप्चेलाइनको एक घरबाट सेवाग्राहीबाट लिएको उक्त रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । पनेरु महत यही बैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत उत्कृष्ट राष्ट्र सेवकको सम्मानबाट विभूषित भएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस